समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, १५ फागुन ।

धनुषाका संस्थागत विद्यालयहरुमा भोलि बिदा हुने भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा शोकको घोषणा गर्दै एनप्यावसन, एनप्यावसन धनुषाले भोलिका लागि संस्थागत विद्यालयहरु बन्द गरि शोक मनाउने निर्णय गरेको छ ।

एनप्यावसन , एमप्यावसन धनुषाको बुधवार बसेको बैठकले विद्यालय बन्द गरी शोक मनाउने निर्णय भएको जनाईएको छ । यता मन्त्रिपरिषद्को बुधवार आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । यता मन्त्रिपरिषद्को बुधवार आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइने छ ।

साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ । 
ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here