समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । दिनानुदिन बढ्दै गएको चिसोले तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यससँगै धनुषाका विद्यालयमा समेत बिदा गरिएको छ ।

निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सन धानुषाले तीन दिनको लागि बिदा दिएको छ । पौष १४ समोबारदेखि १६ बुधबारसम्म धनुषाका सम्पूर्ण निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो ।

यता धनुषाका विभिन्न स्थानीय तहले समेत सूचना प्रकाशन गरी बिदा दिएको छ । धनुषाको विभिन्न स्थानीय तहले सामुदायिक विद्यालयहरू आइतबारदेखि एक साताका लागि बन्द गर्ने निणर्य गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here