समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


मुम्बइ। बलिउड अभिनेत्री दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने भएकी छन्। निर्देशक नितेश तिवारीको महाभारतमा आधारित नयाँ फिल्‍ममा दीपिका द्रौपदी बन्न लागेकी हुन्।
यो फिल्ममा महाभारतको कथा द्रौपदीको आँखाबाट प्रस्तुत गर्न लागिएको छ।

फिल्मको निर्माण मधु मन्टेनाले गर्न लागेका हुन्। दीपिकाको द्रौपदीमा ऋतिक रोशन भगवान् कृष्णको रोलमा देखिने छन्। फिल्मका निर्माता मधु र ऋतिक मिल्ने साथी हुन्। त्यसैले उनलाई यो रोलका लागि अफर गरिएको छ। यो रोल कुनै पनि कलाकारका लागि राम्रो हुनेछ।

दीपिकाले यो फिल्ममा अभिनयसँगै लगानी पनि गर्दै छिन्। ‘छपाक’ र ‘८३’ पछि दीपिकाले निर्माण गर्न लागेको यो तेस्रो फिल्‍म हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here