समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा सुरु भएको छ ।  देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो ।देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ।

चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको छ ।मौसमविद्का अनुसार, शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा हुने सम्भावना छ । ‘भोलिसम्म काठमाडौं उपत्यका लगायतका स्थानमा वर्षा हुने सम्भावना छ’, मौसमविद् पौडेलले भने, ‘दिउँसो घाम नलाग्ने र पानीसमेत पर्ने भएकाले काठमाडौंमा चिसो बढ्छ, वरपरका पहाडमा आजै रातिदेखि हिउँ पर्न सक्छ ।’

काठमाडौँ उपत्यकाको तापक्रम ७.३ डिग्री सेल्सियस भए पनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच, समुद्री सतहबाट २५ सय ५१ मिटरको उचाइमा रहेको काठमाडौंको चन्द्रागिरिमा आज बिहानैदेखि हिमपात भएको छ ।

चन्द्रागिरिमा भएको हिमपातका केही तस्बिरहरु : 

खरीबोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here