समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । ऐतिहासिक दुधमती नदीमा वृक्षारोपण गरिएको छ । एतिहासिक दुद्यमति संरक्षण तथा सरसफाइ अभियानको क्रममा नयाँ वर्ष २०२० तथा भ्रमण बर्ष २०२० को अवसरमा वृक्षारोपण गरिएको छ ।

जनकपुरधाम उपमहानगर २२ बसविट्टीस्थित दुद्यमति नदिको किनारमा वृक्षारोपण गरिएको छ । सरसफाई तथा स्वच्छता अभियानी प्रदेश सभा सदस्य रामअशिष यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कडेल, जगन्नाथ प्रसाद जयसवाल, प्रदेश वन निर्देशक नन्दलाल राय यादव, डिएफओ धनुषाको देवेन्द्र लाल कर्ण , भिजिट २०२० को प्रदेश संयोजक मनिष झा, वन प्राविधिक समाजका सुरेश शर्मा लगायतका उपस्थितीमा वृक्षारोपण गरिएको छ ।

कार्यक्रममा २० गान विरुवा रोपिएका् छ । वृक्षारोपणमा दिपेन्द्र ठाकुरले २० गान ट्री गार्ड सहयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here