समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत वडा नं.९ मा महिलाहरुको समूहद्धारा संचालित दिव्य ज्योती महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ ।

नगरपालिकाको वडा नं.८ दिगम्बरपुरलाई कार्यक्षेत्र रहेको सहकारी संस्थाको सम्पन्न साधारण सभामा संस्थाको प्रबन्धक चन्देश्वर महतोले वार्षिक प्रतिवेद प्रस्तुत गरेका छन् । आईतबार सम्पन्न साधारण सभामा प्रबन्धक महतोले वार्षिक प्रतिवेदन र गत बर्षको आर्थिक कारोवार पेश गरेको थियो ।

साधारण सभा गिरीजा देवी सिंहको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रमुख अतिथि नगर प्रमुख पजियारले महिला शसक्तिकरण र आर्थिक, सामाजिक उत्थान सहितका लक्ष्य सहित अगाडी बढेको सहकारी संस्थाको आफ्नै भवन निर्माण गर्न नगरपालिकाले गत बर्ष र यस बर्ष पनि बजेट विनियोजन गरी सहयोग गरेको जनाएको थियो ।

उनले समाजमा छरिएर रहेका दिदीबहिनीहरुलाई एकत्रीत गर्ने उद्धेश्यले स्थापना गरिएको यस सहकारी संस्था मार्फत महिलालाई स्वरोजगार बनाउन कृषि, पशु तथा विभिन्न शिपमुलक तालिममको व्यवस्था गराईने प्रतिवद्धता जनाएका थिए ।

नगर प्रमुख पजियारले महिलाहरुले आफ्ना् हकअधिकार लिन आफै जागरुक हुन समेत आवश्यक रहेको बताए ।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि साना किसान तथा कृषि सहकारी संस्था इच्छापुरका उपाध्यक्ष लक्ष्मी कुमार यादव आफु स्थापना कालदेखिनै यस सहकारीको सहयोगी भएको बताउँदै २५ जना सदस्यबाट सुरु भएको सहकारीमा हाल ३०१ जना सदस्य भएको देखेर खुशी महसुस भएको बताए । उनले खर्च बचाएर बचत गरे भविष्यको लागि राम्रो हुने बताए ।

सहकारीले उत्पादनशील, आयमुलक उद्धेश्यका लागि ६९ जना सदस्यहरुलाई उचित ब्याजदरमा ऋण प्रवाह गर्दै आईरहेको छ । सहकारीको सदस्यहरुलाई सिपयुक्त बनाउनको लागी अन्य संस्थाको सहकार्यमा विभिन्न तालिम सन्चालन गर्दै आईरहेको छ ।

कार्यक्रममा उत्कृष्ठ २० भन्दा बढी महिलाहरुलाई चादर ओढाएर सम्मान गरिएको थियो भने साधारण सभाकै अवसरमा दर्जनौ महिलाहरुले सदस्यता समेत लिएका थिए ।

महिलाहरुको नेतृत्वमा रहेको सहकारी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निरीक्षण गर्दा जिल्लामा दोश्रो स्थानमा सर्वोत्कृट महिला सहकारीको बन्न सफल समेत भएका छन् ।

कार्यक्रममा वडाका वडा अध्यक्ष अशेश्वर महतो, जलाद साझेदारी वन व्यवस्थापन समिति पुष्पलपुरका अध्यक्ष श्यामलाल महतो, काँग्रस वडा समितिका सभापति रुदल महतो, काँग्रेस वडा ईकाइ समितिका सदस्य पोष्ट बहादुरी गिरी लगायतका सहकारीका सदस्य तथा शेयरधनी महिलाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here