समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


एजेन्सी । भारतको राजधानी दिल्लीको किराडी क्षेत्रमा रहेको एक कपडाको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा १० जना भन्दा धेरै घाइते भएका छन् । आइतबार मध्यराति आगलागी भएको हो ।

समाचार एजेन्सी पीटीआईले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तीनतले उक्त घरको भुईँतलामा कपडाको गोदाम थियो । उक्त ठाउँमा आगलागीपछि ज्यान जोगाउने कुनै उपकरण थिएन । सबै घाइतेहरुलाई नजिकैकाे अस्पताल लगिएको छ ।

केही साताअघि मात्रै दिल्लीको एक फ्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । सबै कामदार सुतिरहेका बेला झाँसी रोडको खाद्यान्नमण्डीमा आगलागी भएको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।