समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । दिलीपलाई देशको प्रथम पर्यावरणय सहिद घोषणा हुनेमा शंका नगर्न पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आग्रह गरेका छन् ।

गत शुक्रवार अवैध खोला उत्खनन विरुद्ध बोलेका दिलीप महतालाई क्रसर सँचालकहरुले उनलाई हत्या गरेपछि उनको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै संवेदना प्रकट उनले दिलिपलाई देशको लागि पहिलो पर्यावरण सहिद घोषणा गर्न सरकारसंग माग समेत गरेको बताए । उनले दिलीपको हत्यारा कुनै पनि हालतमा उम्कन नपाउने बताएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधि सभा सदस्य समेत रहेका पूर्वमन्त्री महासेठले दिलीपको हत्या प्रकरणमा ढल्केवर ईलाका प्रहरीले छानविन तथा अनुसन्धानको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले नेपाल प्रहरीप्रति आफ्नो विश्वास जनाउँदै अपराधीलाई कानुनी दायमा ल्याएर कानुनी कारवाही हुने बताए ।

पूर्व मन्त्री महासेठकले भने,–‘दिलिप जस्तो होनहार युवालाई सुनियोजित तरिका मार्नु ठूलो दुःखद घटना हो छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार यादवको सहितको टोलीले घटनाको २४ घण्टा नबिन्दै सबै आरोपितहरुलाई पक्राउ गर्न देखाएको दक्षता प्रशंसनीय छ । दोषी जुनसुकै हालातमा पनि उम्कन पाउँदैन ।’– उनले भने ।

दिलीपको परिवारलाई भेटघाटको क्रममा महासेठले दिलीपलाई पर्यावरण शहिद घोषणाको लागि आफू संघीय सदनमा समेत आवाज उठाएको बताए । नदीनाला दोहन, वातावरण विनासको विरुद्ध आवाज उठाएको भन्दै नेपाल सरकारबाट क्षतिपूर्तिको लागि माग गरेको बताए । उनले दिलीपको हत्या प्रकरणमा सबै निकायसँग सम्पर्कमा बसेको बताए ।

नेता महासेठले दिलीप हत्या प्रकरणमा निष्पक्ष छानविनको लागि धनुषाका प्रहरी प्रमुखसँग समेत कुरा गरेको बताए ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा क्रसर सञ्चालक मिथिला नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय बिपिनकुमार महतो, टिपर चालक महोत्तरी बर्दिबास नगरपालका वडा नम्बर ९ का मुनिन्द्र महतो, लोडर चालक बर्दिबास वडा नम्बर २ का जितेन्द्रकुमार महतो र धनुषा मिथिला नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय रोशनकुमार यादव रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here