समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा अवैध खोला उत्खनन विरुद्धका अभियन्ता दिलिप महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा गर्न माग गरेका छन् ।

युथ एसोसिएसन नेपालका युवाहरुले काठमाडौंको माइतीघर मण्डालामा उनीहरुले दिलीपलाई पर्यायवरण सहिद घोषणा गर्न माग गरेका हुन् । उनीहरुले पर्यावरण सहिदको साथ साथै दोषीलाई कडा भन्दा कडा सजाय दे भन्दै प्रदर्शन समेत गरेका थिए ।

साथै उनीहरुले घटनाको निश्चक्ष जाँच गर्न समेत माग गरेका छन् ।

युथ एसोसिएसनको अध्यक्ष राहुल यादवले देशमा विभिन्न किसिमका हत्याहरु हुने गरेपनि पर्यावरणीय मुद्दा उठाएकै भरमा हत्या गरिनु दुखद भएको बताए । उनले भने,–‘ युवाहरुले यसरी आवाज उठाउदैमा क्रसर डनको अगाडी निरीह रहेको सरकारले न्याय दिनुपर्ने हो । पर्यावरणको संरक्षण गर्ने हामी जस्ता युवा र पर्यावरण अभियन्तालाई हत्या गर्न पाईदैन ।’

त्यसैगरी उनीहरुले संविधानको धारा ३० मा स्वच्छ वातावरण पाउने हक मौलिक हकको रुपमा ससनिश्चित भए तापनि सो कुरा व्यवहारमा लागु नभएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here