समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । अवैध उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उलेगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ ।

गएको शुक्रबार बिहान धनुषाको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न साथीसहित पुगेका मिथिला नगपालिका–५ का दिलीलाई सुरुमा लिभरले घोचेर घाइते बनाएपछि टिपरले टाउको किचेर मारिएको थियो । धनुषा प्रहरीले क्रसर क्षेत्रमा छरपस्ट रगतको नमुना संकलन गरेर परीक्षणका लागि सोमबार विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

कान्तिपुरमा जनकपुरबाट अजित तिवारी लेख्छन्–प्रहरीले दिलीप हत्या घटनामा वडाध्यक्ष श्यामबाबु यादव र रोशन यादवको संलग्नता रहे–नरहेकोतर्फ पनि अनुसन्धानलाई केन्द्रित गरेको छ । यादवद्वय दिलीपका साथी हुन् । शुक्रबार बिहान खोलामा जानुअघि तीनै जना चोकमा भेला भएका थिए । पछि वडाध्यक्ष यादव अन्तिम समयमा घरतिर फर्किए । अर्का साथी रोशन भने दिलीपसँगै खोलासम्मै पुगे ।

पाइल्सको समस्या भएकाले रोशन विस्तारै हिँडे भने दिलीप हतारिँदै खोलामा पुगेका थिए । दिलीप अघिअघि, रोशन पछिपछि । दुबैबीच दुई मिनेट जतिको दूरी थियो तर, रोशन टिपर भएको ठाउँमा पुग्दा दिलीपको हत्या भइसकेको थियो । रोशनले फोन गरेपछि घर फर्किएका वडाध्यक्ष श्याम खोलामा पुगेका थिए । रोशन प्रहरीको हिरासतमा छन् । घटनाबारे उनले फरक–फरक बयान दिएको र वडाध्यक्ष श्याम बहाना बनाएर खोलामा नगई घर फर्किएकाले उनीहरु शंकाको घेरामा रहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here