समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । अबैध खोला उत्खनन विरुद्ध बोल्ने युवालाई हत्या गरिएको सम्झनामा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले मैनवत्ती प्रज्वलन गरेका छन् ।

मिथिला नगरपालिका ५ श्रीपुरका दिपक कुमार महतोलाई टिपरले किचेर हत्या गरिएको सम्झनामा बंगलादेशको बगाबन्धु शेख मुजिबुर रहमान साईन्स एण्ड टेक्नलजी युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुले मैनवत्ती प्रज्वलन गरेका हुन ।

उनीहरुले साँझ ७ बजे दिप प्रज्वलन गरेको बंगलादेशमा अध्ययनरत महोत्तरी गौशालाका धिरज साहले जानकारी दिएका छन् ।

दिलीपको हत्याले हामी सबैलाई शोकमग्न बनाएको विद्यार्थी साहले बताएका छन् । उनले गलत विरुद्ध बोल्ने युवालाई यसरी मार्न पाईदैन सरकारले देशको होनहार युवालाई संरक्षण गनुपर्ने माग गरेका छन् ।

विद्यार्थीहरुले बिना कसुर युवामाथि यसरी टिपर चलाउन पाईदैन र दिपकको परिवारलाई सरकारले न्याय दिलाउनु पर्ने समेत माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here