समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ मा अवैध उत्खनन विरुद्धका अभियन्ता दिलीप कुमार महतोको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै तरुण दल धनुषाले श्रद्धाञ्जली सभा र दिप प्रज्जवलन गरेका छन् ।

सोमबार जनकपुरको जनक चोकमा आयोजित दीप प्रज्जवलन तथा श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस निकटका नेपाल तरुण दलले दिलिपको हत्यारालाई कारवाही र वातावरण शहिद घोषणा गर्न माँग गरेका हुन् ।

नेपाल तरुण धनुषाका अध्यक्ष संजय लाभ कर्णले अभियन्ता दिलिपलाई वातावरण शहिद घोषणा गर्न माग गरेका हुन् ।

श्रद्धाञ्जली सभामा सहभागीहरुले हत्यारालाई जन्मकैद दिनुपर्ने लगायतका माग गरेका छन् ।
त्यस्तै नेपाल तरुण दल धनुषाले जनकपुरधाम उपमहानगरपालिकाको कार्यकक्षमा सञ्चारकर्मीहरुमाथि भएको दुव्र्यवहार सहित कुटपिटको घटनाप्रति पनि घोर निन्दा समेत गरेका छन् । तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले पत्रकारमाथिको आक्रमण लोकतन्त्र माथिको प्रहार रहेको बताए ।

उनले जनकपुरका मेयर लालकिशोर साहले स्थानिय सरकारको नाउँमा जनकपुरलाई अहिले सिंहदरवार हैन् नरायनहिटिको नाममा कब्जा गर्न खोजिएको आरोप लगाए । उनले जनकपुरका मेयर साहले स्थानिय सरकारको नाममा नरायनहिटि दरबार (स्थानिय तहमा) राजतन्त्र गर्न खोजेको आरोप समेत लागए ।

कार्यक्रममा नेपाली काँग्रेस धनुषाका जनकपुर नगर संयोजक मनोज साहले धनुषा भित्र देखिएका अनियमितता र अवैधानिक कार्यलाई संस्थागतरुपमा अघि बढाइएकोले यसको भण्डाफोर गर्नुपर्ने धारणा राखे ।

उनले स्थानीय तहका जनप्रतिनिधिले सूचना दिनुको सट्टा पत्रकारमाथि हातपात गर्नु अपराधि कृयाकलाप रहेको टिप्पणी समेत गरे । उनले जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको हातपातको यस्मा संलग्न दोषीलाई कारवाही गर्न प्रशासनसँग माग समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here