समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


ढाका(बंगलादेश) । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश भन्ने दिलिप महतोलाई टिपरले किचेर हत्या गरिएको सम्झनामा बंगलादेशको शेरे बंगला कृषि विश्वविद्यालयको प्रागणमा त्यहा अध्यनरत विद्यार्थीहरुले मैनवत्ती प्रज्वलन गरि श्रदान्जली व्यक्त गरेका छन् । “नेप्लिज स्टुडेन्ड्स एसोसिएसन बाङ्लादेश”को आयोजनामा भएको श्रदान्जली कार्यक्रममा बंगलादेशको विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेप्लिज स्टुडेन्ड्स एसोसिएसन बाङ्लादेशका पुर्व अध्यक्ष राजु साहले “औरही खोलामा अवैध तरिकाले वालुवा गिट्टी उत्खनन गर्ने गिरोहद्वारा उक्त अमानवीय र विभत्स हत्या भएको हुदा उक्त घटनामा प्रकाउ परेकालाई हदै सम्मको कानुनि कारवाही गरि, मृतक दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गरी पिडित परिवारलाई राहत प्रदान गर्न सरकार संग माग गरे ।” उनले यो खबर सुन्ने विश्वको जुन सुकै कुनामा रहने नेपालीले दिलिपको लागि आ-आफ्नो ठाउँबाट आवाज उठाई दिलिपलाई न्याय दिलाउन भुमिका निर्वाह गर्न समेत आग्रह गरे ।

त्यस्तै संगठनको महासचिव दिपक चौधरीले भने “सर्वसाधारण जनताले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खोज्दा आफ्नो ज्यानै गुमाउनु पर्ने अवस्थाले देशमा विग्रदो शान्ति सुरक्षाको लागि सरकार जिम्मेवार भएको हुदा आम जनताले बाच्न पाउने भरपर्दो वातावरण सृजना गरि चुरे उत्खनन सम्बन्धी कडा कानुन बनाइ प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्ने माग गरे । उनले अघि थपदै भने दिलीपको हत्याले हामी सबैलाई शोकमग्न बनाएको छ । उनले गलत विरुद्ध बोल्ने युवालाई यसरी मार्न पाईदैन सरकारले देशको होनहार युवालाई संरक्षण गनुपर्ने माग समेत गरे ।”

भोपालमा इन्जिनिरिङ फाईनल ईयरमा पढ्दै आएका दिलिप आफ्नो घर नजिकै क्रेसरद्वारा खोलामा अवैध रुपमा गिट्टी वालुवा उत्खननको विरोध पहिले देखि नै गर्दै आएका थिए । ईन्जिनियरिङ सिदिन्न मात्र ६ महिना रहेको उनि विदामा घर केहि दिन अघि मात्रै आएका थिए । घर आउँदा राजनीतिक विषयहरुमा चासो राख्थे, नगरपालिकाको काम कारबाहीबारे सोधीखोजी गर्थे । अवैध उत्खनन विरुद्ध आवाज उठाउदा उनलाई क्रसर संचालकले बारम्बार ज्यान मार्ने धम्कि दिएका थिए । शुक्रबार बिहान अवैध उत्खनन् रोक्न उत्खनन्स्थल पुगेका दिलीपमाथि पहिला रड घोचेर पेट, घाँटी र दाहिने कोखमा हानेर अचेत बनाई दुर्घटना देखाउन टिपरको प्रयोग गरि टाउको किल्चीएर हत्या गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here