समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम ।  धनुषाको मिथिला नगरपालिकामा अवैध उत्खनन् रोक्न गएका दिलीपकुमार महतोलाई कुटपिट गरी हत्या गरिएको विरोधमा आज माइतीघरमा मैनबत्ती र्‍याली निकालिएको छ।

दिलिपको शुक्रवार बिहान टिपरको ठक्करबाट मृत्यु भएको भनिएको थियो। अवैध उत्खनन् रोक्न उत्खनन्स्थल पुगेका दिलीपमाथि पहिला कुटपिट गरिएको र त्यसपछि टिपरले किचेर उनको हत्या गरिएको उनको परिवारजनको आरोप छ।

दिलीपसँगै क्रसर उद्योगहरुको अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका भाइ रजनीश कुमारले दाईसँगै पुगेका रोशनले भागेर ज्यान जोगाएको बताएका छन्।

त्यसैगरी माईतिघरमै शनिवार(आज) साझ ५ बजे युथ एसोसिएसन अफ नेपाल(यान) का युवाहरुले पनि दिप प्रज्वलन गरेका छन् । यानका अध्यक्ष राहुलराज यादवको अगुवाईमा दिप प्रज्वलन भएको हो ।

दिप प्रजवलनको क्रममा यानका अध्यक्ष यादवले दोषीलाई कडा भन्दा कारवाही गर्न माग गरेका छन् । उनले दोषीलाई कारवाही नभएको हामी आन्दोलनको कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका छन् ।

अध्यक्ष यादवले,–‘यो कस्तो देश हो नेपाल जहाँ अन्याय र गलत विरुद्ध बोल्दा देशका होनहार देशका युवलाई मृत्युवरण गर्नुपर्छ’ भन्दै सरकार समक्ष प्रश्न गरेका थिए ।

यता घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका मिथिला नगरपालिका ५ बस्ने २७ वर्षिय क्रसर चालक बिपिन कुमार महतो, सोही स्थान बस्ने २७ वर्षिय रोशन कुमार यादव, महोत्तरी बर्दिबास नगरपालिका ९ बस्ने ३४ वर्षिय ट्रिफर चालक मुनिन्द्र महतो र महोत्तरी बर्दिबास नपा २ बस्ने २४ वर्षिय लोडर चालक जितेन्द्र कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

त्यस्तै यानमा आवद्ध युवाहरुले जनकपुरधाममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले पत्रकार उपर गरेको कुटपिट घटनाको विरोधको साथ साथै दिलीप हत्याको पनि विरोध गर्दै जनकपुरधाममको रामानन्द चोकमा पनि प्रर्दशन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here