समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
राजेश सक्सेना
जनकपुरधाम, ३० पुस ।
मुलुकको परिवर्तनमा दलितहरुको अग्रणी भुमिका रहेतापनि परिवर्तन पश्चात् दलित सामुदाय प्रयोगका पात्र मात्र भएको राष्ट्रिय सभा सदस्य रामपृत पासवानले बताएका छन् ।
फोरम नेपालको भातृ संगठन दलित फोरमको प्रदेश स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै पासवानले मधेस र देशको समृद्धिका आधार दलित उत्पीडितको मुक्ति रहेको बताए ।
उनले तिनै तहका सरकारले यी सामुदायलाई अधिकार सम्पन्न बनाउन एक बिशेष किसिमको प्याकेज व्यवस्था गर्नुपर्ने बताए । पासवानले दलितलाई अधिकार दिईएन भने समृद्धिको परिकल्पना पनि गर्न नसकिने बताए ।
उनले वर्तमान अवस्थामा फोरम नेपाल बाहेक दलितहरुको वर्गीयमुक्ति र दलित ससक्तिकरणको बिक्ल्प नरहेको बताए ।
भिडियो यहा :