समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसबलपुरमा आज आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै उनले,-‘ राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि पारिएका यी समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’ मुख्यमन्त्री राउतले देशको भुमिपुत्र थारु समूदाय रहेपनि राज्यले अझै थारु समूदायलाई उत्पीडन र विभेद गर्दै आएको बताए ।

उनले पछाडि पारिएका समूदायहरुकै हकअधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले सबै जतिय समुदाय लाई जनसंख्याको आधार मा आरक्षणको ब्यबस्था गरेको बताए ।

मुख्यमन्त्री राउतले ‘वेटी बचाउँ, वेटी पढाउँ’ कार्यक्रम अन्तर्गत प्रदेशमा २०७५ माघ १ गते यता जन्मिएका छोरीहरुको एक लाखको बीमा गर्ने कार्य सुरु गरिसकेको हुदा त्यसमा छुटेका छोरी हरुलाई घरमै पुगेर बिमा गर्न भोली माघ २ गते देखी गाउँ गाउँ मा सिबिर सन्चालन हुने भएका त्यसमा सहभागिता जनाई अभियान लाई सफल बनाई दिन आग्रह समेत गरे ।

थारु कल्याणकारिणी सभा सप्तरि क्षेत्र न•३ क्षेत्रीय समिती का अध्यक्ष सिमृत चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र नम्वर ३ (क) का प्रदेश सभा सदस्य मोहम्मद समिम , समाजवादी पार्टी का केन्द्रिय सदस्य बिनोद चौधरी , अशोक यादव सहितको बक्ताहरुले शुभकामना मन्तव्य राखेको थियो ।

दुई दिन सम्म चल्ने उक्त महोत्सवमा थारु संस्कृति झल्किने परम्परागत भेष–भुषा, कलाका साथै थारु परिकार समेत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here