समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ६ चैत ।

तराईमा मधेशमा भोली अन्तरगृह परिक्रमा र पर्सी मनाइने होली पर्वको लागि प्रदेश २ सरकारले दुईदिन सार्वजनिक विदा घोषणा गरेको छ ।प्रदेश २ सरकारले चैत भोली बिहीबार र पर्सी शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइएको छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोली पल्ट होली पर्व मनाउने परम्परा छ ।

मध्यमा परिक्रमा बुधबार जनकपुर आइपुगेर भोली बिहीबार विहान जनकपुरको अन्तरगृह परिक्रमा गरी समापन हुन्छ । होली पर्वको अवसरमा प्रदेश २ सरकारले शुभकामना समेत व्यक्त गरेक छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here