समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको ढल्केवरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

विहिवार साँझ करिव ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं. ६ स्थित बसही पुल नजिक तिव्र गतिमा रहेको तीन वटा मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना मोटरसाइकल चालकको घटना स्थलमै ज्यान गएको छ, भने अन्य तीन जना घाइते भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा ज्यान गएको व्यक्तिको नाम ठेगाना खुल्ल सकेको छैन् भने घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन अहिले बाँकी छ ।

  • बिनोद कुमार महतो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here