समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको मिथिला नपा–५ बस्ने २५ वर्षीय दिलिप नामले चिनिने ओमप्रकाश महतोको टिपरले किचेर हत्या भएको छ ।

भारतको भुपाल राज्यमा इन्जिरियरिङ्गको अन्तिम सेमेष्टरमा अध्ययनरत रहेका महतो घर आएपछि आफनै गाउँहरुको खेत मासिने गरि औरही खोलामा अवैध तरिकाले गाउँकै दाजुभाई रहेका विपिन महतो र विनोद महतोले चुरियामाइ वालुवा प्रशोधन उद्योगका लागि भन्दै खोला उत्खन्न गर्दै आएका छन् ।

याे पनि : धनुषा : खोला उत्खनन विरुद्ध बोल्ने युवकलाई ट्रिपरले किचेर हत्या, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

गाउँलेहरुले यसअघि पनि पटक पटक अवैध तरिकाले खोला उत्खन्न नगर्न भन्दै आग्रह गर्दै आएका थिए भने इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी इन्स्पेक्टर रामकुमार यादवलाई समेत यसवारे जानकारी दिदै अवैध उत्खन्न रोक्न आग्रह गरेका थिए ।

गाउँलेहरुको भेलाले ओमप्रकाश महतोको नेतृत्वमा अवैध रोकथाम तथा निगरानी समिती बनाएका थिए । निगरानी समितीले निगरानी गर्न थालेपछि दिनभर क्रसरले उत्खन्न नगरेपनि गाउँहरुले सुतेपछि राति राति वालुवा ओसार्दै आएको स्थानिय युवा सन्तोष कुमार महतोले आरोप लगाए ।

उनले भने हामीले निगरानी राख्न थालेपछि २ दिन पहिले संचालक विपिन महतोले ओमप्रकाश महतोका वुवा रामजीवन महतोलाई भेटेर तपाइको छोराले वालुवा उत्खन्नमा रोक लगाउँदै आएको छ, हामीलाई नरोक्न भन्दै सम्झाउन आग्रह गर्दै नमाने टिपरले किचेर हत्या गरि दिने धम्की दिएको स्थानिय सन्तोष कुमार महतोले बताए ।

पुस २५ गते राति घरमा सुति रहेका ओमप्रकाश महतोलाई कसैले वालुवा ओसार्दै गरेको भनेर फोन गरेर खवर गरेपछि छिमेकी साथी रोशन कुमार यादवलाई लिएर उत्खन्न हुदै गरेको औरही खोलामा गएका थिए । खोलामा साथीसंग पुगेका ओमप्रकाशले आफुमाथि कुटपिट गरेको भन्दै त्यहीबाट वडा ५ का अध्यक्ष श्यामवावु यादवलाई फोन गरेर आफुमाथि औरही खोलामा कुटपिट गर्दै जानकारी दिएको मृतकका भाई सन्तोष कुमार यादवले बताएको छ । ओमप्रकाशसंगै गएका रोशन कुमार यादवले गाउँमा आएर ओमप्रकाश महतोलाई खोलामा टिपरले किचेर मारेको भनेर खवर गरेपछि आफुहरुले थाहा पाएर खोलामा गएपछि घटनाबारे जानकारी पाएको स्थानिय रमेश कुमार महतोले बताए ।

ओमप्रकाश महतोले यसअघि पनि बसही खोलमा अवैध वालुवा उत्खन्न हुँदा त्यसको विरोध गरेका थिए । गाउँवस्तीलाई असर गर्ने गरि अवैध तरिकाले गर्दै आएको उत्खन्नबारे पटक पटक आवाज उठाउँदै आएका उनीमाथि ठेकेदारहरु रिसाएको मृतकका दाजु वीरेन्द्र महतोले बताए । पटक पटक उनलाई हत्या गरिदिने भन्दै धम्की आउँदै गरेकाले घटनाको सहि तरिकाले छानविन गरि हत्या गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका दाजु वीरेन्द्र महतोले माग गरेका छन् ।

याे पनि : युवकको हत्यापछि बिहानैदेखि राजमार्ग अवरुद्ध, खुलाउन प्रहरीले गरे १० राउण्ड अश्रुग्याँस प्रहार

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here