समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


मुम्बई – सैफ अली खानकी छोरी सारा अली खानको बलिउडमा चर्चा छ । पहिलो फिल्मले नै उनलाई धेरै चर्चा दिलाएको थियो । उनले पछिल्लो समय फिल्म ‘केदारनाथ’ मा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले रणवीर सिंहसँग फिल्म ‘सिम्बा’ मा पनि देखिइन् । दुवै फिल्मबाट उनले राम्रो रेस्पोन्स पाइन् ।

अहिले खबर आएको छ, साराले टाइगर श्राफसँग फिल्म ‘बागी ३’ मा काम गर्न मानिनन् । भारतीय मिडियाले लेखेअनुसार साराले टाइगर श्राफको अपोजिटमा काम गर्ने अफरलाई रिजेक्ट गरेकी हुन् ।

उनले रिजेक्ट गर्नुको कारण भने उनले फिल्ममा आफ्नो रोल थोरै भएको बताइएको छ । यसै कारण उनले फिल्म रिजेक्ट गरेकी हुन् ।

फिल्म बागी र बागी २ ले बक्स अफिसमा गज्जबको व्यापार गरेपछि यसको सिक्वेल पनि बन्ने तयारीमा छ । बागीमा श्रद्धा कपूर थिइन् भने बागी २ मा दिशा पटानी टाइगर श्राफको अपोजिटमा थिइन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here