समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषा गत कार्तिक १७ गते छठका दिन झुण्डिएर आत्महत्या गर्ने व्यक्तिलाई जलाएको आरोपमा छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।

अत्याधिक रक्सी सेवन गर्ने लक्ष्मीनिया गाउँपालिका ३ बनिगा बस्ने विश्वनाथ महरा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेपछि जलाएको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । कानूनी प्रावधान अनुसार प्रहरीलाई खबर गर्नुपर्ने हुँदा पनि खबर नगरी मृतकलाई जलाएको आरोपमा फरार प्रतिवादी जगेश्वर महरालाई प्रहरी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिउको प्रहरीको टोलीले पक्राउ गरेको छ ।

महरालाई सोमबार दिनको १ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् । प्रहरी निरीक्षक नायकका अनुसार मृतक महरा आफ्नै घरको सुत्ने कोठामा आफ्नै गम्छामा पासो लगाई आत्महत्या गरेका थिए । राति करिब १ बजे झुण्डिएर आत्महत्या गरेपछि छिमेकीले उनलाई रातिनै जलाएका थिए ।

मृतकका लासलाई रातिनै जलाएपनि गत कार्तिक १८ गते बिहान ५ बजे प्रहरीलाई खबर हुन साथ प्रहरीले घटनास्थलमा पुगी घटना उपर अनुसन्धान गर्दा छिमेकीले जलाएको रहस्य पत्ता लागेको थियो । सोही अनुसन्धानको आधारमा फरार प्रतिवादीहरुको खोजी कार्य भईरहँदा फरार प्रतिवादी करिब २ महिनापछी पक्राउ परेको छ ।

पक्राउ गरिएको महरालाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक नायकले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here