This image has an empty alt attribute; its file name is neha-and-18122019090224-1000x0-1.jpg
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


मुम्बई — बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेस र गायिका नेहा कक्कड यस वर्ष टिकटकमा सबभन्दा लोकप्रिय सेलिब्रिटी बनेका छन् ।

छोटा भिडियोको ‘भर्चुअल वर्ल्ड’ टिकटकमा उनीहरुका फलोअर सर्वाधिक देखिएका छन् । टिकटकले मंगलबार सार्वजनिक गरेको सुचीमा ९.५ मिलियन (९५ लाख) फलोवरका साथ ज्याकलिन लोकप्रिय फिल्म कलाकारको सुचीमा अगाडि देखिएकी हुन् ।

बलिउड फिल्ममा कम आइटम गीतमा बढी देखिने ज्याकलिन पछि अभिनेता रितेश देशमुख छन् । उनलाई टिकटकमा ६.८ मिलियनले फलो गर्छन् भने कमेडियन कपिल शर्माका २.२ मिलियन फलोअर छन् ।

गायक–गायिकमा नेहा कक्कड १२.५ मिलियन फलोअरका साथ सबभन्दा लोकप्रिय देखिएकी छन् । त्यसपछि पञ्जाबी गायक गुरु रन्धावा छन् । उनलाई टिकटकमा ५.८ मिलियनले फलो गर्छन् । यस वर्ष ‘ओ साकी साकी’ बोलको गीत टिकटकमा २ बिलियन पटक हेरियो भने ‘लेहेंगा’ १.६ र ‘धिमेधिमे’ १.२ बिलियन पटक हेरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here