समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । आज वैशाख नवमी तिथि अर्थात जानकी नवमी । भगवान सिताको जन्म भएको दिन । तर अन्य वर्ष जस्तो जनकपुरमा रौनक देखिएको छैन । लक डाउनले गर्दा यस वर्ष जानकी जन्म महोत्सव प्रभावित भएको सहजै हेर्न सकिन्छ ।

जानकी जन्म महोत्सवको दिन पनि आज जानकी मन्दिरको मूल ढोका बन्द गरिएको छ । मन्दिरको उत्त्तर तर्फको ढोका बन्द भएको तर सानो ढोका दर्शनार्थीको लागि खुल्ला छ ।

दैनीक सयकंडो श्रद्धालु आउने जानकी मन्दिरमा कोरोना संक्रमणको सीधा प्रभाव देखिएको छ । छिट फुट व्यक्तिहरु मात्र दर्शन गर्न आएका छन । जानकी नवमीमा हुने गरेको दुधमती स्नान समेत प्रभावित भएको छ ।

जानकी मन्दिरमा अन्य वर्ष आजको दिन भव्य र सभ्य ढंगले विशेष पूजा आजा र नाच गान गरेर जन्मको गीत सोहर गाएर मनाउने गर्ने गरिन्थयो तर आज यस वर्ष खल्लो(खल्लो देखिएको छ ।

संभवतः पहिलो पटक होला जानकी नवमीको दिन मन्दिर न आउन मन्दिर महंथले सार्वजनिक रुपमा आग्रह गरेका छन ।

राजा जनकको पुत्रीको रुपमा आजैको दिन जानकी जन्मेको ग्रन्थहरुमा उल्लेख गरिएको मन्दिरका छोटे महंथ राम रोशन दास वैष्णवले जानकारी दिए ।

कोरोना कहर र लक डाउनमा सामाजिक दूरीमा बश्ने बध्यात्मक अवस्था र समयको मांग अनुसार नै हामी पनि मन्दिरमा यस वर्ष न आउन श्रद्धालूलाई आग्रह गरेको जिकिर गर्दै दाशले भने,–’ जानकी नवमीमा घर घर दियो बाली सांझ सात बजे आज आरती गर्न सबैजनालाई आग्रह गरेको छु ।’

यस वर्ष मन्दिरले सोभा यात्रा, गीत(संगीत नाच-गान सबै कोरोनाको कारण बन्द गरिएको हो भन्ने नौ दिन अगाडि नै मन्दिर प्रशाशनले पत्रकार सम्मेलनको आयोजन गरेर घर घरमा पूजा पाठ गरेर जानकी जन्म महोत्सव मनाउंन आग्रह यस अघि नै आह्वान गरेका छन ।

आज सांझ जानकी मंदिरमा मिथिलाको परम्परा अनुसार विधिपूर्वक जानकी जन्म महोत्सव मनाइने छ भन्ने जनकपुर नगरवासी संध्या ७ बजे आ आफ्नो घरमा दीपोत्सव मनाउने र जानकी आरती गर्ने छन ।

फोटो/भिडियो : बुधेश्वर रजक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here