समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । तराई मधेसमा एक हप्तादेखि शितलहरले जनजीवन प्रभावित भएको छ । पहिले बाक्लो हुस्सु लागे पनि केही दिनयता भने चिसो हावासंगै चलेको शितलहरले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाको डोम समुदायको जीवन कष्टकर बन्दै गएको छ । पहिले–पहिले पहाडबाट जाडो छल्न तराई मधेसतिर मानिस झर्ने गरेको सुनेको र देखेको भए पनि अहिले हप्तौंसम्म तराईमा घाम देख्न नपाएपछि मान्छेहरु पहाडतिर घाम ताप्न उक्लन थालेका छन् । झण्डै ३५ घरपरिवारको डोम समुदायले यी दुई नगरपालिकामा बसोवास गरिरहेका छन् ।

उनीहरु प्राय झुप्राभित्र जीवनयापन गर्ने गरेका छन् । ओछ्याउने र ओड्ने कपडा नभएर थरथर काम्दै गरेका छन् उनीहरु । हरेक घरको झुप्रामा पराल ओछ्याएका र परालकै सुकुलमा सुत्ने र ओढ्ने गरेको डोम समुदायका मानिसहरुलाई हर्षित नेपालले बल्याङकेट वितरण गर्दा उनीहरु खुशीले आँखा रसाउदै सहयोगका लागि धन्यवाद दिए ।

पुसको जाडोमा पराल अनि सुकुल ओछ्याएर सुत्ने मुसहर समुदायका सम्पूर्ण घरपरिवारमा हर्षित नेपालले बल्याङकेट वितरण गरेपछि सानो बच्चा च्यापेकी धनुषा क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाकी प्रमिला मलिक भन्छिन्,–‘एक महिलाले भनिन् ‘घर मे कुछो न है, रात मे पुवारके चटाइ ओढ के सुतै छलिए। मुद्दा आब आई सँ बल्याङकेट ओढव घरमा केही छैन, रातमा परवालको सुकुल ओडेर सुत्थ्यौ तर अब बल्याङकेट ओढ्छु’ हातमा हर्षित नेपालले दिएको बल्याङकेट देखाउँदै उनले भनिन् । हर्षित नेपालले दुबै नगरपालिकाका ३५ घरपरिवारलाई गुणस्तरीय बल्याङकेट वितरण गरेको छ ।

बल्याङकेट वितरण धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित गंगोत्री ईग्लीस बोर्डिंग स्कुलमा शनिवार एक समारोहका बीच वितरण गरिएको थियो । हर्षित नेपालको आयोजना तथा गंगोत्री स्कुलको सहयोग एवं समन्वयमा बल्याङकेट वितरण गरिएको हो ।

हर्षित नेपालका अध्यक्ष ममता साहकी अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमाको प्रमुख आतिथ्यमा डोम परिवारलाई बल्याङकेट वितरण गरिएको जनाएको छ ।

डोम परिवारलाई बल्याङकेट वितरण गर्दै प्रमुख अतिथि क्षीरेश्वरनाथ नगरपालिकाका नगर उपप्रमुख रचना माथेमाले हर्षित नेपालले गरेको बल्याङकेट वितरण कार्य प्रशंसायोग्य रहेको बताईन । उनले हर्षित नेपालद्धारा सदैब यस्ता किसिमको कार्यक्रमहरुबाट गरिव, दलित तथा विपन्न घरपरिवारहरुले लाभान्वित होस् भनी आशा रहेको बताईन । नगर उपप्रमुख माथेमाले आफुहरु पनि नगरपालिकाबाट नगरका विभिन्न गरिव, विपन्न तथा दलितहरुको लागि जाडोबाट बच्न विभिन्न कार्यक्रहरु गर्न लागेको बताएकी थिईन ।

कार्यक्रममा गंगोत्री स्कुलका संचालक एवंम धनुषा प्याब्सनका अध्यक्ष गणेश साहले डोम परिवारका जेहेन्दार तथा अब्बल छात्रछात्राहरुलाई आफ्नो स्कुलमा निःशुल्क पठनपाठन गराउने घोषणा गरेका थिए । उनले आफु प्याक्सनको अध्यक्ष भएको नाताले चाँडै नै प्याब्सनद्धारा जनकपुरको कविर अनाथ आश्रममा बल्याङकेट र खाद्यान्न वितरण गर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य क्षीरेश्वरनाथ नगरपालिका वडा नं.४ का वडा सचिव शशि भुषण गुप्ताले राखेको थियो भने कार्यक्रमको उद्घोषण संजय साहले गरेको छ ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका वडा नं.५ का वडाअधयक्ष जगदीश मण्डल, स्थानीय ठेकेदार अनिल चौधरी, शिक्षक बैकुण्ठ काफ्ले लगायतको शिक्षक शिक्षीका तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।