समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जाडो प्रभावित सय जनालाई जनकपुर युथ नेटवर्क सोसाइटीले न्यानो लुगा वितरण गरेको छ ।

शनिबार जनकपुरधाम उपमहानगरपालिका ८ मा सोसाइटीका पदाधिकारीहरुले गरिब, बिपन्न तथा लक्षित बर्गहरुलाई न्यानो कपडा बितरण गरिएको छ । करिब २ हप्ता भन्दा बढी दिनदेखी तराई मधेसमा बढेको जाडो र शितलहरका कारण जाडोबाट प्रभावितहरुलाई न्यानो कपडा बितरण गरिएको सोसाइटीका सल्लाहकार सरोज मिश्रले बताएका छन् ।

मिश्रले हाम्रो समुदायको रक्षा हामी आफै गर्नुपर्छ र हाम्रा समाजमा रहेका गरिब बिपन्नहरुलाई पनि हामीले सहयोग गर्नुपर्छ भन्दै कपडा वितरण गरिएको बताएका छन् ।

वितरण गरिएको न्यानो लुगा स्थानीय बजारमा रहेको पसलबाट संकलन गरिएको थियो ।

लुगा वितरण सोसाइटीका कैयुम राइन, रन्जन झा, अलाउदीन खान, सरीफ राइन, उज्वल झा, राहुल राइन, अरुण कुमार साह, सुधीर दास, हिमांषु राइ, सुजीत झा, पीयूष साह, राजीव सिंह , सरसफाइ अभियानी दिपक ठाकुरले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here