समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रदेश २ को प्रदेश सभा अगाडी नाराबाजी भएको छ । प्रदेश सभाकै अगाडिमा मुख्यमन्त्री लालबाबु राउत विरुद्ध ‘मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद’ को नारा घन्किएको छ ।

गत आर्थिक बर्ष २०७५÷०७६ को बाँकी बक्यौता रकम माग्दै उपभोक्ता समितिका सदस्यहरुले मुख्यमन्त्री सहित विभिन्न मन्त्रीहरु विरुद्ध नारावाजी गरेका छन् । उनीहरुले नारावाजी गर्दै केहीबेर प्रदेशसभा घेराउ समेत गरेका छन् । प्रदेश सरकारले गत आर्थिक वर्षमा गराएका कामहरुको बक्यौता रकम माग्दै उपभोक्ता समितिका सदस्यहरुले प्रदेश सभा घेराउ गरेका हुन् ।

‘मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद’ को नारा घन्किए…

जब प्रदेश सभाकै अगाडी ‘मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद’ को नारा घन्किए…

Gepostet von Janakpur Times am Dienstag, 31. Dezember 2019

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालयबाट ८७ करोड बराबरको योजनाको काम सम्पन्न भएको थियो । सोही योजनामा उपभोक्ता समितिबाट भएका काममा हालसम्म भुक्तानी हुन नसकेका कारण उपभोक्ता समितिहरु आन्दोलित भएका छन् ।

झण्डै प्रदेश २ को ४ वटा मन्त्रालयका ८ सय भन्दा बढी योजनाका फाइलहरुको भुक्तानी हुन बाँकी रहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here