समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । विभिन्न कामलाई लिएर चर्चामा रहेको धनुषा शहिदनगरका मेयर उदय कुमार बरबरिया जनता घरदैलो मेयर कार्यक्रमलाई तीव्रता दिएका छन् ।

मेयर बरबरिया नगरबासीहरुसँग प्रत्यक्ष रुपमा उनको घरमै पुगेर भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको हो । नगरपालिकाको विभिन्न वडामा रहेका विभिन्न टोलमा भेटघाट कार्यक्रमको आयोजना गरेर पनि सामुहिक रुपमा नगरबासीलाई बोलाएको उनीहरुको समस्या सुन्ने कार्य सुरु गरेका छन् ।

नगरपालिकामा प्रसूति भत्तामा कटौती गरेको तथा वृद्धभत्ता समयमा नदिएको भन्दै समाजिक सँजाल सहित विभिन्न सँचारमाध्यममा समाचार प्रकाशन प्रकाशित भएपछि नगरपालिकाको समस्यालाई जनता समक्ष आफैं गएर बुझाउने प्रयास मेयर बरबरियाले गरिरहेका छन् । उनले रकम अभावको कारण उनीहरुको रकम तत्काल मात्रै कटौती गरी यस साताभित्रै वा जतिसक्दो भए बाँकीको रकम उपलब्ध गराउने वाचा समेत गरेका छन् ।

भेटघाटको क्रममा नेपाली काँग्रेसले नगरपालिकाका जनप्रतिनीधि विरुद्ध गरेको आन्दोलनको सन्दर्भमा बोल्दै जेष्ठ नागरिकहरुले उनीहरुलाई रकमको लोभ देखाएर आन्दोलनमा लगेको प्रतिक्रया दिएका छन् । वृद्ध भत्ता बाँडिने भनेर प्रलोभनमा पारी नगरपालिकामा नारा जुलुसको लागि लगेको जेष्ठ नागरिकहरुले बताएका छन् ।

विकास नीति र विकासको ढाँचाबारे वृहत ज्ञान हाँसिल हेतु मेयर बरबरिया र नगरपालिकाका अधिकृत नन्द कुमार झा समेत युएई भ्रमणमा गएको बेला नेपाली काँग्रेस नगर कार्य समितिले वृद्धवृद्धाको भत्ता, समाजिक सुरक्षा भत्ता नदिएको भन्दै नगरपालिका सहित मेयर विरुद्ध धर्ना सहित आन्दोलन गरेको थियो ।

युएईबाट फर्केगत्तै जनता भेटघाटमा व्यस्त भएका मेयर बरबरियाले आफू विरुद्ध नारावाजीको बारेमा सोध्दा वृद्धवृद्धाहरुले नेपाली काँग्रेसका कार्यकर्ताहरु वृद्धभत्ता बाँडिरहेको भनेर उक्साएर लगेको प्रतिक्रिया दिँदै नगरपालिकामा गएपछि नारावाजी गर्न लगाएको आरोप समेत लगाए ।

यता, नगरपालिकाका मेयर बरबरियाले अपुग रकममा प्रसूति भत्ता र समाजिक सुरक्षा भत्ताको रकम आईसकेको भन्दै सबै प्रक्रिया पुगाएर यसै हप्तामा ८ महिनाकै बाँकी रकम वितरण गर्ने पनि बताएका छन् । उनले नगरपालिकाको सबै टोल टोल, बस्ती वस्तीमा गएर आफ्ना नगरवासीसँग गुनासो सुन्ने र समस्या बारे बुझने गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here