समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरटाइम्स डेस्क
जनकपुरधाम, १८ फागुन ।
जनकपुर साहित्यकला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव शुक्रबारबाट सुरू भएको छ । मैथिली विकास कोष जनकपुरधामद्वारा आयोजित महोत्सवकोे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, एमाले नेता घनश्याम भुषाल, रामचन्द्र झा, कांग्रेसका नेताहरू रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, राजपाका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, फोरम नेपालका महासचिव रामसहाय यादवसहित नेपाल–भारतका मैथिल साहित्यकार, विद्वान,सांसद, स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको छ।
महोत्सवमा मिथिला र मैथिलीमा आधारित विभिन्न नाट्क प्रर्शन गरिनेछन् । नेपाल र भारतका विद्वानबीच मिथिला र मैथिली भाषाको अवस्था र संरक्षणबारे छलफल हुनेछ । कार्यक्रममा नेपाल, भारत, अफगानिस्तानसहित विभिन्न देशका नाटक प्रदर्शन गरिने जनाइएको छ ।
फोटो : अमरेन्द्र कुमार यादव