समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २३ मंसिर ।
जनकपुरधाम । विवाहपञ्चमी नजिकिदैं जाँदा जनकपुर सरसफाईमा बाल क्लवहरु सक्रिय भएका छन् । “हाम्रो जनकपुर, राम्रो जनकपुर आउ मिली बनाउ” भन्ने मूल नाराका साथ एकीकृत बाल क्लव र लायन्स यूथ क्लवले सरसफाई अभियान संचालन गरेका हुन् ।

फोहोरै फोहोर नगरको रुपमा परिचित जनकपुरधामलाई स्वच्छ सफा बनाउन युवा क्लवहरु सरसफाई अभियान थालेको युवा किसन साहले बताए । जनकपुरको चिल्र्डेन पार्कबाट सरसफाई सुरु गरिएको छ । पार्क सफाई पछि जनकपुरका मठमन्दिर, अस्पताल, सार्वजनिक तथा पर्यटकीय स्थलहरुको सरसफाई गरिने साहले बताए ।

सफाई अभियानमा सुरेश शर्मा, प्रशान्त झा, दिपक ठाकुर, कयुम राईन, ईजाज अन्सारी लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here