समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्ग शुक्रवार जनकपुर जयनगर रेलमार्गको निरिक्षण गरेका छन् । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवासम्म निमाणाधिन रेलमार्गको पहिलो चरणमा जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटर दुरीमा रेल संचालनको लागि रेलमार्गको सम्पूर्ण कार्य पुरा भएको छ ।

रेलमार्गको निरिक्षण गर्दै मन्त्री नेम्वाङ्गले यसै आर्थिक वर्षभित्र रेल संचालनमा आउने दावि गरेका छन् ।

मन्त्री नेम्वाङ्गले पहिलो चरणमा जनकपुरसम्मको रेलमार्ग निमाण सम्पन्न भई सकेकाले गर्दा विदेशी कर्मचारी भएपनि ल्याएर रेल संचालन गरिने बताए । मन्त्री नेम्वाङका अनुसार रेल संचालन गर्न ७ जनाको प्राविधिक टोली भारतबाट ल्याइने बताए ।

सुरुमा भारतीय प्राविधिकहरुबाट सुरु गरिने र पछि नेपाली कर्मचारीहरु दक्ष भएपनि भारतीय टोली फिर्ता हुने मन्त्रीले बताए ।

मन्त्री नेम्वाङ्गसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्र, प्रदेश सांसद रामचन्द्र मण्डल, नेकपाका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here