समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुर काठमाडौँको हवाई उडानमा प्रतिस्पर्धा हुँदै श्री एयरलाइन्सले आफ्नो सेवा दिन थालेपछि भाडादर ६० प्रतिशत घटेको छ ।

श्री एयरलाइन्सले सेवा सुचारु गरेपछि अहिले भाडा १७ सय रुपैयाँमा झरेको छ । ८० सिट क्षमताको श्री एअरलाइन्सले जनवरी २० देखि नियमित उडान थालेको छ । श्री एयरलाइन्सको सेवा जनकपुरमा थप भएसँगै तीनवटा कम्पनीले सेवा दिन थालेका छन् । यसअघि बुद्ध एयर र यति एयरले हवाई उडान भर्दै आएका थिए ।

श्रीएयरलायन्सले भाडादर १७ सय रुपैयाँ कायम गरेपछि बुद्ध एयरले समेत आफ्नो ७२ सिट क्षमताको जहाजबाट उडान भर्ने भन्दै प्रति यात्रु १९ सय रुपैयाँ भाडादर कायम गरेको बुद्ध एयरका जनकपुर म्यानेजर विजयप्रसाद सिंहले जानकारी दिए ।

जनकपुरबाट २५ मिनेटको यात्रा गराउँदा यसअघि बुद्ध एयर र यति एयरले तीन हजार ४ सयदेखि ४ हजार ९ सयसम्म प्रतियात्रु भाडा लिँदै आएको थियो ।

जनकपुरबाट दैनिक बुद्ध एयर ६ पटक उडान गर्दै रात्रिकालीन सेवा समेत सुरु गरेको छ । सोमबार बुद्ध एयरले पहिलो रात्रीकालिन उडान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here