समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरमा २ दिने निःशुल्क स्वास्थ्य शिवि हुने भएको छ । जनकपुरस्थित काव्य हस्पिटलमा यही फाल्गुन १ र २ गते काठमाडौंको किस्ट मेडिकल कजेलको चिकित्सकहरुद्धारा निःशुल्क स्वास्थ्य जँच गरिने छ ।

सो शिविरमा निशुल्क उपचार गराउन विरामीले पहिलानै आफ्नो नाम दर्ता गराउनु पर्ने आयोजक काव्य हस्पिटलले जनाएको छ । हस्पिटलका अनुसार १ र २ गतेहुने शिविरमा किस्ट मेडिकल कलेजका प्रमुख वरिष्ठ प्राध्यापक तथा पेट कलेजो तथा आन्दा रोग विशेषज्ञ डा.सीताराम चौधरी(पेट), कलेजो तथा आन्द्रा रोग सम्बन्धि बिरामीको जाँच गरिनेछ ।

साथै शिविरमा किस्ट मेडिकल कलेजका सल्यक्रिया विशेसज्ञ डा. अभिशेख थापा द्वारा सल्यक्रिया गरिने छ । त्यस्तै उक्त शिविरमा किश्ट मेडिकल कलेजका मूत्र रोग विशेसज्ञ डा. महिपेन्द्र तिवारी र आन्द्रा रोग विशेषज्ञ डा.मुकेश प्रसाद साहले निशुल्क उपचार गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here