फाइल फाेटाे
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । होली महोत्सवका लागि मिथिला नाट्यकला परिषद (मिनाप) ले होली गीत र व्यङ नाटकको अभ्यास थालेको छ  । मिनापले प्रत्येक वर्ष झै यस वर्ष पनि होलीको अवसरमा महामूर्ख सम्मेलनको आयोजन गर्ने भएको छ ।

मिनापको बुधवार वसेको बैठकले महामूर्ख सम्मेलन आयोजन गर्न आर्थिक संकलन उप समिति, व्यवस्थापन उप समिति, कार्यक्रम संचालन उप समिति लगायतका उपसमितिहरु गठन गरेको हो ।
मिथिला क्षेत्रको सर्वाधिक लोकप्रिय सम्मेलन बन्न सफल यस वर्षको महामूर्ख सम्मेलन भव्यता दिन मिनापमा आबद्ध सदस्यहरु सम्मिलित उप समिति गठन भएको मिनापका उपाध्यक्ष ललित कामतले जनाएका छन्।

कमातका अनुसार यस वर्ष पनि होली गायन प्रतियोगिता, डंफा (बाजा) बाधन प्रतियोगिता, व्यंगात्मक नाटक र कविता वचन गरिने छ ।

लोप हुन लागेको होली लोक गीत र लोक बाजालाई संरक्षणको लागि पनि यो सम्मेलन आबश्यक रहेको मिनापका वरिष्ठ कलाकार सुनील मिश्रको कथन छ । मिश्रका अनुसार मिथिला क्षेत्रमा रहेको लोक गायन र बाजाको समेत यसले प्रचार प्रसार हुनुका साथै आउने नयाँ पुस्तालाई समेत आफ्नो लोक पर्व र महोत्सव वारे जानकारी हुने विश्वास व्यक्त गरेका छन ।

होली महोत्सवको लागि धनुषा, महोत्तरी, सिरहा र सप्तरीबाट होली गीत गाउने लोक गायकको समूह नै आउने गर्छन ।

यस वर्ष पनि होली गायन समूह खोज बिन र निमन्त्रण दिनको लागि मिनापको वरिष्ठ कलाकार लोक स्टार राम नारायण ठाकुरलाई जिम्मेवारी दिएको हो ।

यस वर्ष होली पर्व फागुन २५ र २६ गते पर्ने र त्यसको दुई दिन अगावै होली महोत्सव र महामूर्ख सम्मेलन दुई दिनसम्म मनाइने मिनापका कोषाध्यक्ष अनिता रानी मंडलले भनिन,’ तिथि मिति अहिले नै भन्न सकिन्न ।’ मिथिला परिक्रमा फर्किसकेपछि मात्र यहाँ होली मनाउने चलन रहेकोले गर्दा मिति पछि मात्र भन्न सकिने जिकिर गर्दै मंड़ल अगाडि थपिन , ’ महोत्सव हुने स्थान जानकी मन्दिर पक्का भएको छ ।’

महामूर्ख छान्न भन्ने एउटा छुट्टै समितिको जिम्मा दिएको मिनापका अध्यक्ष परमेश झाले भने, यस वर्ष पनि हामीले एक जना महामूर्ख र अन्य दर्जनौ व्यक्तिलाई बिभिन्न उपमा र सम्मान दिने छौ ।’
विगतको झन्डै दुई दशक पूर्व देखी मिनापले गर्दै आएको होली महोत्सव र महामूर्ख सम्मेलनमा महामूर्ख बन्न र उपाधि पाउन रस्सा कस्सी नै हुने गर्छ ।

यस अघि नेकपा नेता पूर्वमन्त्री रामचन्द्र झा, जनकपुरका मेयर लालकिशोर साह, वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र विमल, कांग्रेस नेता रामसरोज यादव, पूर्व मेयर ब्रिखेश चन्द्र लाल, नेकपा नेता राम कुमार शर्मा, राजनीतिक विश्लेषक सीके लाल, ओम कुमार झा, दिगम्बर राय, पवन सिंघानिया, लगायतका व्यक्तिहरुलाई महामूर्खको सम्मानले सम्मानित गरिएको थियो । एता यस वर्ष कस्ले यो उपाधि पाउने सबैको चासोको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here