समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । इतिहासमै पहिलो चोटी जनकपुरधाममा हुन गईरहेको ऐतिहासिक १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको मैथिलि परम्परा अनुसार आज उदघाटन भएको छ ।

जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा आज ४ : ३० बजेको समयमा मैथिलि परंमपरा अनुसार नाचगान सहित भव्यरुपमा मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेका छन् ।

जनकपुरको कभर्डहलबाट साग अन्तर्गत कुस्ती खेलको उद्घाटन शत्रको प्रत्यक्ष प्रशारण । LIVE

Gepostet von Janakpur Times am Freitag, 6. Dezember 2019

उद्घाटनमा खेलाडीहरुलाई मैथिली संगित तथा मैथिली लोक गित र नृत्यबाट स्वागत गर्दै कार्यक्रमको बिधिवत उद्घाटन गरिएको छ ।

त्यस्तै आज चारओटा स्वरर्ण पदकको लागि नेपाल, भारत, पाकिस्तान र श्रीलंका बीच खेल समेत भईरहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here