समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाममा आजबाट सुरु भएको मिरा गिरी राष्ट्रिय खुला पुरुष तथा महिला ह्याण्ड बल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको सुरु दिन सहभागि दुई विभागीय समुह नेपाली सेना र काठमाडौं बिजयी भएको छ ।
खेलको पहिलो दिन नेपाली सेनाले गण्डकी प्रदेश कास्कीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बुधवार(आज) बिहान भएको खेलमा नेपाी सेनाले टस जितेर बज रोजेको थियो । नेपाली सेनाले निर्धारित समयमा ४५ गोल गरेको थियो । कास्कीले जम्मा १८ गोल गरी २७ मतान्तरले नेपाली सँग पराजित भएको थियो ।

त्यस्तै अपरान्ह भएको दोश्रो खेलमा काठमाडौंले जनकपुरालई पराजित गरेको छ । निर्धारित समयमा काठमाडौंले ४१ गोल गरेको थियो भने जनकपुरले २१ गोल गरेको थियो । जनकपुर काठमाडौं सँग २० गालेको अन्तरले पराजित भएको थियो ।

खेलको प्रदेश नं २ प्रदेश प्रमुख तिलक परियारले रेफ्रीलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेको थियो । खेलाड़ी र प्रशिक्षकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले खेलाड़ी देशको गहना भएको बताएको थियो ।

उनले प्रदेश २ मा पनि प्रदेश सरकार र सम्बनिधत मन्त्रालयलाई आफु खेलकुदको विकासको लागि सकारात्मक कदम अगाडी बढाउन निर्देशन दिँदै उनले सबै मिलेर खेल र खेलाड़ीको विकासको लागि पहल गर्नुपर्ने बताए ।

जारी प्रतियोगितामा महिला र पुरुष गरि जम्मा १६ वटा समुह सहभागि भएको थियो ।

प्रतियोगिता जनकपुरधामस्थित रंगभुमि मैदानमा चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here