समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरमा मिथिला संस्कृति अध्ययन केन्द्रको भवन बन्ने भएको छ । करोडौको लागतमा मिथिला संस्कÞृति अध्ययन केन्द्रको आफ्नै भवन बन्न्े भएको हो । उक्त भवनको शिलान्यास समेत गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विहिवार शिलान्यास गरे ।

भवनको शिलान्यास गर्दै मेयर लालकिशोर साहले शिलान्यासको संस्कृति अब समाप्त गर्नुपर्ने बेला आएको बताए । उनले अब शिलान्यास नभई सीधा उद्घाटन गर्नुपर्ने बताए ।

मैथिल ब्राम्हण महासभा नेपालद्वारा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख अतिथि मेयर साहले जनकपुरलाई मिथिला सभ्यताको केन्द्रको रुपमा विकास गर्न आफु लागि परेको स्पस्ट पारे । जनकपुरमा पाँच करोडको मिथिला रिट्रीटको सुरुवात समेत भईसकेको जानकारी दिए । उनले यसको लागि प्रक्रिया अगाडि बढिसकेको जानकारी दिदै मिथिला हेरिटेज आफ्नो पुरानो सपना रहेको र त्यसको लागि कार्य आरम्भ भईसकेको बताए ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ मा बन्ने उक्त भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री यदुवंश झाले मिथिलाको संस्कÞृति भवनको लागि आफूहरु दस वर्ष पहिला नै यो अध्ययन केन्द्रको सपना हेरेको बताए । रामायणकालीन त्रेतायुगको इतिहास मिथिला सभ्यताको इतिहास रहेको जिकिर गर्दै सांस्कÞृतिक केन्द्रको स्थापना पश्चात एकै स्थानमा सबै शिक्षा हासिल गर्ने स्थानको रुपमा यो केन्द्रलाई विकास गर्न झाले सुझाव दिए । पूर्वमन्त्री झाले जग्गा उपलब्ध गराउन वडा नंं. ७ का अध्यक्ष जानकी राम साहको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद ज्ञापन गरे ।

११ करोडको लागतमा ६ तल्ले भवन निर्माण गरिने महासभका अध्यक्ष भगवान झाले स्पस्ट पारे । नगरपालिकाले भवनको लागि अहिले तत्काल पाँच लाख रुपैया दिने भएपनि भवन बनाउन अझै थुप्रै रकमको आवश्यकता रहेको र सबैको सहयोगको लागि समेत झाले अपील गरे । दुइ वर्ष्भित्र भवन बनिसक्ने जिकिर गर्दै झले भोली देखी नै कार्य आरम्भ गरिने स्पस्ट पारे ।

उनले भवनमा संग्रहालय, सभागृह, मिथिलाको पहिचान झल्किने संस्कÞृतिलगायत सबैको लागि अलग–अलग व्यवस्थापन गरिने बताए । भवन बनिसकेपछि त्यसको स्वामित्व महासभाले ग्रहण गर्ने र त्यसबाट आउने आम्दनी समाजमा नै लगानी गर्ने समेत स्पस्ट पारे । छात्रवृति, गरिब विपन्न परिवारको छोरीको विवाहलगायत सबै किसिमको सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here