समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरमा जनकपुर फेसन शो एण्ड म्युजिकल ईभेन्ट सिजन ३ हुन गईरहेको छ ।

एल एण्ड एन मोडेल एजेन्सीले शो को आयोजना गर्ने भएको छ । शो को लागि माघ ११ गते शनिबार जनकपुरस्थित मसाला कटेजमा अडिशन भईरहेको छ । शो को लागि माघ ०४ गते मशाला कटेजमा पहिलो अडिसन भएको एल एण्ड एनका म्यानेजिङ्ग डाईरेक्टर नितिन कर्णले जनाएको छ ।

देशको विभिन्न ठाउँमा विभिन्न शो को आयोजना गरी एजेन्सीले सबैको मन जित्न सफल भएका छन् ।

त्यसैगरी एजेन्सीले आउँदो जनवरी २९ मा भैरहवामा र १४ फेबररीमा जनकपुरमा तेश्रो संस्करण गर्ने जानकारी दिएका छन् ।

शो मा नेपालका चर्चित एवंम् लोकप्रिय गायक कमल खत्री, टिक टक बाट चर्चित डिमन छेत्री, गायक कर्ण राज गिरि र भ्वाईस अफ नेपालबाट ख्याती प्राप्त जमिर अलिले आफ्नो प्रस्तुती गर्ने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here