समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम ।  जनकपुरमा फेरी संकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१ रेल्वे स्टेशनस्थित तरकारी बजारमा बिहानै शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडक ठप्प पारेको छ ।

तरकारी बजारस्थित एउटा झोपडीमा कालो सुटकेस जस्तो देखिने वस्तुमा बम हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको टोलीलाई बोलाएको छ।

जनकपुरमा यसअघि पाँच ठाउँमा शंकास्पद वस्तु फेला परेको थियो ।यसरी बाम्बार संकास्पद बस्तु फेला पर्न थालेपछि स्थानीयहरु त्रासमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here