समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । उच्च अदालत जनकपुरमा कार्यरत न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा गार्डमा खटिएकी निजी सुरक्षा अधिकारी (पीएसओ) रनिता केवटको हतियार लिएर फरार भएका उनका प्रेमी सिवेन्द्र यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी निरीक्षकको टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले यादवलाई चाइनिज पेस्तोल, ७ राउन्ड गोलीसहित पक्राउ गरिएको जनाएका छन् ।

प्रहरीले प्रहरी जवान केवटलाई समेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here