समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाममा फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ । जनकपुरधाम उप–महानगरपालिका १० स्थित सडक छेउमा भेटिएको उक्त शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ ।

जनकपुरको जानकी मन्दिर देखि देवीचोक जाने बाटोमा बिजुलिको पोल नजिकै बोरामा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् । प्रहरीलाई जानकारी भएलगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सो स्थानलाई नियन्त्रणमा लिएको छ ।

जानकी मन्दिर देखि देबीचोक जाने एरिया धनुषपथमा तत्काल आवत–जावत पूर्ण रुपेण प्रतिबन्ध गरिएको छ । बम हुन सक्ने आशंकामा प्रहरी खटाई नेपाली सेनाको डिस्पोज टोलीले जानकारी गराईएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाए ।
यस अघि धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here