समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा जनकपुरधाम सहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस उल्लासपूर्वक मनाइँदैछ ।

यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।

येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।

विसं २०६२÷०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ ।

नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्म्निरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए ।

क्रिसमस जनकपुरको विभिन्न चर्च तथा जनकपुरका एक मात्र अनलाईन फुडपुर अनलाईन डेभिरीले भनी जनक चोकमा मनाएका छन् । फुडपुरले अमन मिडिया सर्भिसको सहयोगमा क्रिसमसका कार्यक्रम मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here