समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाम उपमहनगरपालिकामा मेयर लालकिशोर साहकै नेतृत्वमा पत्रकारहरुमाथि भएको कुटपिट घटनाका दोषीहरुलाई कार्वाहीको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासनकार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकाहरु जिल्ला प्रशासन पुगि पाँचदिने अल्टिमेटम सहित धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

पत्रकारहरुमाथि आक्रमण, हुलहुज्जत र उपकरण लुट्नेहरुलाई कानुन बमोजिम कारबाही, घाइते पत्रकारहरुको उपचार खर्च र उपकरणमा भएको क्षतिपुर्ति असुल गर्नुपर्ने, जानकी मन्दिरको फुलबारी अतिक्रणमा संलग्नहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने र प्रत्येक स्थानीय तहमा सूचना अधिकारी नियुक्त गरी सहज तरिकाले सूचना पाउनुपर्ने लगायतको चार सुत्रिय माग महासंघले गरेको छ ।

पाँचदिन भित्र माग पुरा नभए चरणवद्ध आन्दोलनमा जान महासंघ बाध्य हुने समेत महासंले ज्ञापनपत्र मार्फत चेतावनी दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा जानकी मन्दिरको फुलबारी अतिक्रमणको विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि मंगलबार दिउँसो मेयरकै कार्यकक्षमा उनकै निर्देशनमा नगरप्रहरी, कर्मचारी, समर्थक र निजी गुण्डाबाट आक्रमण तथा कुटपिट भएको घटना विषयमा समेत पत्रकाहरुले प्रमुख जिल्ला अधिकारी कणेललाई विस्तृतमा सुनाएका थिए ।

नगरपालिकामा जडान भएको सीसीटीभी फुटेज र पत्रकारहरुसंग सुरक्षित रहेको भिडियोबाट दोषीहरुको पहिचान गरी तत्कालै पक्राउ गरेर कारबाही गर्न पत्रकारहरुले माग गरेका छन् ।

साथै आफ्नो बचाउको लागि नगरपालिकाले केहि महिलामाथि पत्रकारहरुले कुटपीट गरेको उल्टै लगाएको आरोपको विषयमा समेत छानविन गरी दोषी भए पत्रकारलाई समेत कार्वाही गर्न माग गरेको छ ।  

बुधबार जनकपुरधाम उपमहानगरपालिकाको मेयरको कार्यकक्षमा कुटपिट गर्दा पत्रकार अमरकान्त ठाकुर, राजा झा, सुभाष कर्ण र सुमति मिश्र लगायतका पत्रकार घाइते भएका छन् भने मेयरका कर्याकर्ता र नगरप्रहरीहरुले पत्रकार सुमित मिश्रको क्यामरा लेन्स र मोबाइल लुटपिट गरेका छन् ।  

यता प्रमुख जिल्ला अधिकारी कणेलले घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पत्रकारहरुलाई कुटपिट गरेको घटना मोड्न र आफ्नो बचाउन गर्र्न नगरपालिकाले आफ्नै केहि महिला कर्मचारीमाथि पत्रकारले गुण्डा शैलीमा आएर कुटपिट गरेको आरोप लगाएको छ ।

जनकपुर उपमहानगरपालिकाले दोषी पत्रकारहरुलाई कार्वाहीको माग गर्दै विहानैदेखि नगरपालिका कार्यालय अगाडी धर्ना दिइरहेका छन् । उनीरुले प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here