समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा स्थानीय बासिन्दाहरुले वितरण गर्ने निःशुल्क खाना लिन पुगेकी एक दलित महिला पिटिएकी छिन् ।

तीन जना स–साना छोराछोरी लिएर शनिवार राहत वितरण स्थानमा खाना लिन पुगेकी ककुल्ती देवी पासमानलाई अखिलेश कलाल भन्ने व्यक्तिले कुटपिट गरेका छन् ।

विश्वभर कोरोना भाइरसको महामारीको बेला ती लकडाउनको बेला ती बेरोजगार महिला भात लिन जाँदा पिटिएकी छिन् ।

कबाड सामान संकलन गरी जिवकोपार्जन गर्दै आएका रामकुमार पासमान अहिले पूर्ण रुपमा बेरोजगार बनेका छन् । कारोबार बन्द भएपछि विभिन्न निकायले उपलब्ध गाउने राहत सामग्री र निल्शुल्क वितिरण हुने भोजन उनको परिवारको बाँचने आधार बनेको छ ।

यो समाचार आजको जनकपुरटुडे दैनिकमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here