समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ३ पुस ।
काठमाडौंका संस्था द फेशन इराले ‘तराई टप मोडल’को फारम खुल्ला गरेको छ । संस्थासँग आवद्ध कोरियोग्राफर निशान्त ठाकुले फेशन शो ‘तराई टप मोडल’ कार्यक्रम मधेसमा पहिलो चोटि हुन लागेको दावी गरेका छन् ।
जनकपुरमा पत्रकार सम्मेलन गरी उक्त फेशन शोमा सहभागी हुन हालसम्म ९ युवतीसहित ३० जनाले फारम भरिसकेको जानकारी दिए । उनले १६ वर्षदेखि २८ वर्षकी युवा–युवतीले फेशन शोमा सहभागी हुन पाउने बताउँदै सहभागीबाट ४० जना छनोट गरी २८ दिनको तालिम दिने बताए ।
उनका अनुसार तालिम पश्चात फस्ट, सेकेण्ड र थर्ड युवाबाट र युवतीबाट पनि त्यस्तै किसिमले चयन गरिनेछ । चयन गरिने तीन युवा र तीन युवतीलाइ पुरस्कृत गर्ने आयोजकले जनाएको छ । प्रथम हुनेलाई नगद ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारका दरले पुरस्कृत गरिने, सानो फिल्म खेल्ने अवसर दिने र म्युजिक भिडियोको अवसर पनि दिने कोरियोग्राफर ठाकुरले बताए ।
पुस ७ गते जनकपुरमै फाइनल अडिशन, ८ गते ओरियनटेशन क्लास सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा करिब १० लाख खर्च हुने अनुमान छ । सहभागीले भर्ने फारम बापत ५ सय तिर्नुपर्नेछ ।