समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । परापूर्वकाल देखि नै जनकपुरधाम धार्मिक आस्थाको केन्द्र मात्रै होईन मुलुकको उच्च पदस्थ ठाउँमा पुगाउने व्यक्तित्वहरुको लागि लागि एउटा उर्वर भुमि पनि हो । त्यसबेला देखि जनकपुरधामको उर्वर भुमिमा हुर्केका व्यक्तित्वहरु आज मुलुकका नेतृत्व सम्हालिरहेका छन् भने कतिपय त सम्हालिसकेको अवस्था छ । त्यसै कुरालाई अझ उजागर गर्न फेरी जनकपुरधाममा यस्तो विद्यालय छ जहाँ विद्यार्थीलाई पढ़ाई भन्दा बढी पढ्ने बानी बसाउने कार्य नै गरिन्छ । त्यो विद्यालयको नाम हो ‘खेल्दै सिक्ने क्रम’ विद्यालयको नाम पनि अन्य विद्यालय भन्दा फरक छ ।

जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरमा अवस्थितयो विद्यालयको लागि आर्थिक पाटो जनकपुरधाम उपमहानगरपालिकाले सहज गर्ने गर्छ । विद्यालयको प्राविधिक खर्च भने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले व्यहोर्ने गर्दछ । विद्यालयमा अध्ययन अध्यापन गराउने शिक्षक शिक्षिकाको मासिक तलब उपमहानगरपालिकाले नै व्यहोर्ने गरेका छन् ।

विद्यालयमा मुसहर, डोम, मेस्तर, मुस्लिम समुदाय र केही साहुजी जातीका विद्यार्थीहरु गरि त्यस विद्यालयमा ८० जना छात्रछात्रा अध्ययन गरिरहेका छन् । विद्यार्थीलाई पढाउन दुई जना शिक्षिकालाई नियुक्त गरिएको छ । ती शिक्षिकाहरुलाई पन्ध्र हजार तलब दिने गरिएको शिक्षिका प्रियंका साह बताउँछिन् । यस विद्यालयको लागि घरमै बस्ने, विद्यालय जान नमान्ने र पढाईमा कमजोर रहेका विद्यार्थीहरुलाई लक्षित गरी घरबाट विद्यार्थी ल्याउने पु¥याउने कार्य पनि भईरहेको जनकपुरधाम उपमहानगरपालिका ७ का वडाअध्यक्ष जानकीराम साहले जनाएका छन् । यस्तो विद्यालय उपमहानगरको प्रत्येक वडामा हुनुपर्ने उनको तर्क छ । यहाँ पढाई मात्र होइन खाजा र खेलकुद समेत हुने गरेको हुँदा विद्यार्थीहरु पढाईमा रुची राख्ने गरेको वडाअध्यक्ष साहले बताए ।

यता ‘खेल्दै सिक्ने क्रम’ कार्यरत शिक्षिका साहले स्कुल जान नमान्ने विद्यार्थीहरुलाई नै लक्षित गरी विद्यार्थीलाई ल्याउने गरेको बताए । उपमहानगरमा विपन्न, गरिब र असहाय विद्यार्थीहरुलाई लक्षित गरी जम्मा २ वटा वडामा यस्तो विद्यालय संचालन गरिएको छ । उपमहानगरको वडा नं. ७ मा एउटा सानो कार्यालय र एउटा कक्षा कोठा रहेको एक तल्ले दुई कोठामा संचालित यस्तो विद्यालय उपमहानगरको वडा नं. ११ मा पनि रहेको छ । झण्डै आठ महिना पूर्वदेखि संचालनमा रहेको यो विद्यालयमा भन्ने विद्यार्थीहरुलाई इच्छा अनुसार खेलकुद र पढाई गराईन्छ र त्यसपछि मात्र सामुदायिक विद्यालयमा पठाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here