समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । रङ्गहरुको पर्व होली आज धुमधामका साथ जनकपुरमा मनाईंदैछ ।

पहाडी तथा हिमाली जिल्लाहरुमा बुधवार,जनकपुर बाहेक तराईका जिल्लाहरुमा हिजो होली मनाईएको छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ ।

होली पर्वका लागि प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई केही नभएको धर्मशास्त्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here