समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, ७ पुस ।

जनकपुरमा अन्तराष्ट्रिय मैथिली सम्मेलन आजदेखी सुरु हुदैँछ । प्रदेश सरकारले प्रदेशको भाषा, संस्कृति र पहिचानसहितको नाम र कामकाजी भाषाबारे निर्णय गर्न लागिरहेका बेला जनकपुरमा पुस ७ र ८ गते अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

सम्मेलनको मैथिली भाषाका जानकार एवं प्राज्ञ रामभरोस कापडी भ्रमरले संयोजन गरेका छन् । नेपालमा नेपाली भाषापछि सबैभन्दा बढी मैथिली बोलिन्छ ।

मैथिली मातृभाषीको प्रतिष्ठा र उचित सम्मानका सम्मेलनको आयोजना गरिएको प्राज्ञ भ्रमरले जानकारी दिए । १६ औँ अन्तराष्ट्रिय सम्मेलनका अवसरमा नेपालमा चौथोपटक मैथिली सम्मेलनको आयोजना गरिँदै छ ।

खासगरी, प्रदेश २ मा बोलिने सम्पूर्ण मातृभाषाका साहित्य, कला र सांस्कृतिक विशेषतामाथि गहन छलफल र विमर्श गर्न सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा नेपाल र भारतका डेढ सयभन्दा बढी विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ ।

सम्मेलनमा मैथली भाषाको उजागर, पहिचान र संरक्षण गर्न योगदान गर्ने व्यक्तिलाई मिथिला रत्न र मिथिला श्री सम्मानसमेत प्रदान गरिने कार्यक्रम संयोजक भ्रमरले जानकारी दिए ।

सम्मेलनका अवसरमा प्रभात फेरि, विचार गोष्ठी, कवि गोष्ठी र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरी जनकपुर घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ ।

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here