समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


धनुषा । जनकपुरस्थित उच्च अदालतका एक न्यायाधीशकी सुरक्षा गार्डकै पेस्तोल लिएर उनका प्रेमी फरार भएका छन्। न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिताकुमारी केवटको पेस्तोल लिएर उनका प्रेमी फरार भएका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषामा दरबन्दी भएकी प्रहरी जवान केवटको प्रेमी सिबेन्द्र यादवले पेस्तोल लिएर भागेको बताईएको छ। केवट जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरी लिएर बस्दै आएकी थिइन्।

पेस्तोल लिएर भागेका यादव नवलपरासी देउडा ६ का बासिन्दा हुन्। यादवले लिएर भागेको पेस्तोलमा ७ राउन्ड गोलीसमेत लोड रहेको बताइएको छ। प्रहरी जवान केवटसँगै उनी केही दिनदेखि डेरामा बस्दै आएका थिए। उनी कहिले भागेको विषयमा प्रहरीले बताउन चाहेका छैन।

घटनापछि सुरक्षागार्ड केवटलाई जिल्ला जिल्ला प्रहरी कार्यालयमा तानिएको एक प्रहरी अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले उक्त घटना लुकाउने प्रयास गर्दै यस विषयमा केही बताउन चाहेनन्।

यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी ज्ञानकुमार महतोले भने सुरक्षागार्ड बसेकी प्रहरी जवान केवटको पेस्तोल हराएको सुचना आएको र हराएको अथवा लुकाएको कि पेस्तोल लिएर कोही भागेको विषयमा अनुस्नधान भइरहेको बताए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका एक इन्सपेक्टरले भने, ‘प्रहरी जवान रनिता केवटसँग उनका प्रेमी सिबेन्द्रको झगडा भएको बुझिएको छ र त्यसपछि पेस्तोल लिएर केटा भागेको जानकारी पाएको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here