समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम। विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएकाे विषेश टाेलिले नेत्र विक्रम चन्द विपलवका कार्यकर्ता राेहित ढकाललाई पक्राउ गरेकाे हाे । 

जनकपुरबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरी अधिकारीले पुष्टि गरे । ति अधिकारीका अनुसार पक्राउ पर्ने ढकाल आफुलाई पत्रकार भनेर परिचय लुकाउने प्रयास गरेका थिए ।

पक्राउ परेका ढकालमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । केहिदिन अघिदेखि ढकाललाई फन्दामा पार्ने प्रयास प्रहरीले गरिरहेका थिए । विहिवार दिउँसो विशेष सूचनाको आधारमा ढकाललाई पक्राउ गर्न सफल भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान लिनेगरी भएको शक्तिशाली बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेको निष्कर्ष निकालेको बताइएको छ । सोही कारण प्रहरी विप्लव समूहलाई टार्गेट गरी अनुसन्धान गरिरहेको छ ।

बम विस्फोट घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा सात सदस्य समिति समेत बनाएको छ । प्रहरी निरीक्षक साहको टोलीले बम विस्फोट घटनाको विहानपल्टै तीन जनालाई नियन्त्रणमा लिन सफल भए ।
ति तीन जनामध्ये एक जना विप्लव समूहको भएको प्रहरीको दावी छ । विप्लव समूहका ढकाललाई पनि पक्राउ गरी प्नहरीले अनुसन्धान थालेको छ । उनी पनि बम विस्फोटको घटनामा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here