समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उप-महानगरपालिका प्रमुख लालकिशोर साहविरुद्घ जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठकबाट दुई साता अघि भएको सहमति कार्यान्वयन नभएपछि अध्यक्ष मिश्रले आइतबार किटानी जाहेरी दिएको हो ।

गत पुष २२ गते जानकी मन्दिरको फूलबारी अतिक्रमणको विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुमाथि मेयर साहको निर्देशनमा दुव्र्यवहार, कुटपिट तथा संचार सामग्री खोसिएको थियो ।

यसै घटनालाई लिएर जनकपुरधाम उप–महानगरपालिकाका उपमेयर रिता मिश्रको पहलमा शुक्रबार भएको दुई पक्षीय वार्ता पनि असफल भएको थियो ।

दूव्र्यवहार तथा कुटपिटको सिकार बनेका पीडित पत्रकारहरु भने आ–आफ्नो तरिकाले मुद्दा दर्ता गराउने तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here